कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रदेश स्तरीय मेयर कप फुटबलमा रुकुम पश्चिम पराजित भएको छ । आज भएको आफ्नो पहिलो खेलमा सुर्खेतको पञ्चपुरीसंग पराजित भएको हो ।
४–१ गोलले पराजित भयसँगै रुकुम पश्चिम प्रतियोगिताबाट समेत बाहिरिएको छ । पञ्चपुरीका कप्तान धनसिंह विकले ह्याट्रिक गरे । एक गोल चिरन कार्कीले थपेका थिए । रुकुम पश्चिमका लागि रमेश बोहराले सान्त्वना गोल फर्काए ।
रुकुम पश्चिम पहिलो हाफमा २–० गोलले पछि परेको थियो । दोस्रो हाफमा गोल फर्काएर खेलमा फर्किने सङ्केत गरे पनि २ गोल खान पुगेपछि समग्रमा ४–१ ले पराजित भएको हो ।
खेल नकआउट भएका कारण पहिलो हारसँगै रुकुम पश्चिम प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगितामा कर्णालीका विभिन्न जिल्लाका १३ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता कर्णाली प्रादेशिक रङ्गशालामा भइरहेको छ । प्रतियोगिता कर्णाली प्रादेशिक फुटबल सङ्घले पहिलो पटक आयोजना गरेको हो ।





-1759842583.jpg)