रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ काँडामा आयोजित विविध खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । जनज्योति युवा क्लब भूमे ४ काँडाले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा असार १ गते देखि सञ्चालन गरेको प्रतियोगिता सोमबार सम्पन्न भएका हुन ।
वार्षिकोत्सवको अवसरमा खुला गाउँ स्तरीय महिला तथा पुरुष भलिबल र फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो । पुरुष भलिबल तर्फ बाग्लुङको तमानखोला गाउँपालिका वडा नम्बर १ प्रथम भएको छ ।
फाइनलमा भूमे गाउँपालिका वडा नम्बर ४ साकिमलाई पराजित गर्दै तमानखोला बागलुङले नगद ५१ हजारको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यस्तै दोस्रो भएको साकिमले नगद ३१ हजार तथा तेस्रो भएको सिस्ने गाउँपालिका वडा नम्बर ६ रुकुमकोटले नगद २१ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र हात पारेको जनज्योति युवा क्लबका अध्यक्ष वीरजंग बुढा मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिला भलिबल तर्पm रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ प्रथम, सिस्ने गाउँपालिका वडा नम्बर ४ ढाँका दोस्रो र जनज्योति युवा क्लब भूमे ४ तेस्रो भएको छ । प्रथम हुने टिमले ३१ हजार, दोस्रो हुने टिमले २१ हजार र तेस्रो हुने टिमले ११ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाएका छन् ।
पुरुष भलिबलमा रुकुम पूर्व, पश्चिम, बागलुङ र रोल्पाका ३३ टिमले प्रतिस्पर्धा गरेको थिए भने महिला भलिबलतर्फ रुकुम पूर्व र रोल्पाका गरी १६ टिमले प्रतिस्पर्धा गरेका थिए । यस्तै पुरुष फुटबल तर्फ भूमे ४ काँडाको आयोजक ए प्रथ,म आयोजक बी दोस्रो र भूमे ६ महत तेस्रो भएको छ ।
प्रथम दोस्रो र तेस्रोले नगद ४१ हजार, २१ हजार र ११ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । सोमबार एक कार्यक्रमका बिच खेलकुद प्रतियोगिताको समापन गरिएको थियो ।








-1759842583.jpg)