Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेमा छैटौँ भूमे कप हुने
फाइल फाेटाे ।

रुकुम पूर्वको भूमे गाउँपालिकामा छैटौँ भूमे कप २०८३ हुने भएको छ । गाउँपालिकाको  आयोजनामा यही असार १६ देखि १८ गते सम्म छैटौँ भूमे कप हुने भएको हो । छैटौँ भूमे कप अन्तर्गत वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । उक्त प्रतियोगितामा रुकुम पूर्वको तीन वटा गाउँपालिकाका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा महिला र पुरुषको लागि पुरस्कार राशी समान रहेको छ ।

छैटौँ भूमे कपमा प्रथम हुने टिमले नगद ७० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाउने भएका छन् । त्यस्तै दोस्रो हुने टिमले नगद ४५ र तेस्रो हुने टिमले नगद ३० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक चन्द्र रसाइलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सान्त्वना हुने टिमले नगद पाँच हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । प्रतियोगिता भूमे ६ मा रहेको वृहत रंगशालामा हुने छ ।
 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update