प्रदेश स्तरीय फुटबलमा रुकुम पश्चिमको पहिलो जित, मुगुलाई ४-१ ले हरायो
प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रदेश रंगशालामा आज भएको खेलमा रुकुम पश्चिमले मुगुलाई ४-१ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको हो ।
पहिलो हाफमा २-१ ले अग्रता लिएको रुकुम पश्चिमले दोस्रो हाफमा २ गोल थपेको थियो । रुकुम पश्चिमका लागि मनोज सुनार, पुजन सुनार, अनुज खड्का र विकास विष्टले गोल गरे । खेलको प्लेयर अफ रुकुम पश्चिमका मनोज सुनार बने । यो सँगै रुकुम पश्चिम प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
रुकुम पश्चिमले कुनै पनि प्रदेश स्तरीय फुटबल प्रतियोगितामा हासिल गरेको पहिलो जित हो । असार १८ गतेबाट सुरु भएको प्रतियोगिता असार २२ गतेसम्म चल्ने छ । प्रतियोगितामा कर्णाली प्रदेशका १० वटा टिमको सहभागी छन् ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०८३ १२:३८
प्रतिक्रिया दिनुहोस्








-1759842583.jpg)