Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रदेश स्तरीय फुटबल: हुम्लालाई पराजित गर्दै रुकुम पश्चिम फाइनलमा 

प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगितामा रुकुम पश्चिम फाइनल प्रवेश गरेको छ । प्रदेश रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा हुम्लालाई ३ १ ले पराजित गर्दै रुकुम पश्चिम फाइनल पुगेको हो । पहिलो हाफको ३३ औँ मिनेटमा विकास विष्टले रुकुम पश्चिमलाई अग्रता दिलाएका थिए ।

५२ औँ मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । ६० औँ मिनेटमा हुम्लाले गोल फकाउँदै खेलमा फर्किने संकेत गरेको थियो । खेलको ७४ औँ मिनेटमा रुकुम पश्चिमले पेनाल्टी पाएको थियो । उक्त अवसरलाई भुवन नेपालीले गोलमा परिणत गरे र जित सुनिश्चित गरे ।

टिमलाई जिताउन महत्त्वपूर्ण २ गोलको योगदान गरेका रुकुम पश्चिमका विकास विष्ट म्यान अफ द म्याच बने । उत्कृष्ट खेल सहित रुकुम पश्चिम यस प्रतियोगितामा पहिलो टोलीको रूपमा फाइनल प्रवेश गरेको हो । अब अर्को सेमिफाइनलमा सुर्खेत र जुम्ला बिच बिच हुने छ भने उक्त खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्ने छ ।

फाइनल खेल भोली हुने छ । असार १८ गतेबाट सुरु भएको प्रतियोगिता असार २२ गतेसम्म चल्ने छ । प्रतियोगितामा कर्णाली प्रदेशका १० वटा टिमको सहभागी छन् ।

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update