Kakhara सबैको खबर सम्पूर्ण खबर
छात्रा फुटबल बाल कल्याण मावि झुल्खेतले जित्यो

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा सञ्चालित छात्रा फुटबलमा बाल कल्याण मावि झुल्खेत प्रथम भएको छ । मुसिकोट ४ को बाल कल्याण मावि सोलावाङको सृजनशील बाल क्लबले आयोजना गरेको प्रतियोगिता वडा नम्बर ६ को बाल कल्याण माविले जितेको हो ।

फाइनलमा उसले आयोजक बाल कल्याण मावि सोलावाङलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको हो । उसले कप, मेडल र प्रमाण पत्र सहित १० हजार नगद पुरस्कार जितेको छ । विजेतालाई जिल्ला फुटबल संघका अध्यक्ष ध्रुव केसी र रेफ्री भागिराम बोहराले पुरस्कार प्रदान गर्नुभयो ।

दोस्रो भएको आयोजक बाल कल्याण माविले मेडल र नगद ५ हजार पुरस्कार पाएको बाल कल्याण मावि सोलावाङका प्रधानाध्यापक लोकबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन जनता मावि खलंगा सान्त्वना भएको छ । उक्त टिमका खेलाडीलाई मेडल प्रदान गरिएको उहाँको भनाई छ ।

foot-1783945226.jpeg
प्रतियोगितामा तीन वटा विद्यालयको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रमको सञ्चालन प्रअ केसीले गर्नुभएको थियो । छात्राहरूलाई खेलकुदमा जोड्ने र फुटबल विकासका लागि प्रतियोगिता आयोजना गरिएको विद्यालय र बाल क्लबले जनाएका छन् ।

जिल्लामा छात्रा फुटबल नभइरहेको अवस्थामा बाल क्लबले छात्रा फुटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता खलंगाको बराहटाकुरा खेल मैदानमा आयोजना गरिएको हो । प्रतियोगितामा प्राविधिक सहयोग जिल्ला फुटबल संघको रहेको थियो ।

football-sirjanshil-1783945213.jpeg

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update