Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमकी ललिता राखेपकाे सदस्यमा मनोनीत

रुकुम पश्चिमकी ललिता नाथ सहित २ जना राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनीत भएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार मन्त्री स्तरीय निर्णयबाट रुकुम पश्चिम बाँफिकाेट गाउँपालिका २ की पूर्व भलिबल खेलाडी नाथ र दाङका धनीराम चौधरीलाई राखेप सदस्यमा मनोनीत गरिएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ को उपदफा (२) को खण्ड (ट) बमोजिम उनीहरूलाई सदस्य पदमा मनोनीत गरिएको मन्त्रालयले जनाएको छ । दुवै जनाको कार्यकाल ४ वर्ष रहने छ । 

नाथ र चौधरीले नेपाली खेलकुद क्षेत्रको विकास, विस्तार तथा गरिमा अभिवृद्धिमा आफ्नो व्यावसायिक दक्षता, अनुभव र नेतृत्वदायी भूमिकामार्फत योगदान पुर्‍याउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

नाथ न्यु डायमन्ड युथ स्पोर्टस क्लबकी पूर्व कप्तान हुन् । उनले केहि साताअघि मात्र भलिबल प्रशिक्षकको लेभल वान कोर्स गरेकी थिइन् । उनी न्यु डायमन्ड र एभरेस्ट महिला भलिबल लिग विजेता टोली कर्णाली यसविजको सहायक प्रशिक्षक हुन् ।

एथलेटिक्सका पूर्व खेलाडी चौधरीले यसअघि राष्ट्रिय खेलकुद परिषद्मा एथलेटिक्सको प्रशिक्षकका रूपमा लामो समय भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update