Kakhara सबैको खबर सम्पूर्ण खबर
फिफा अन्डर–१५ विश्वकपका लागि रुकुम पश्चिमबाट ६ खेलाडी छनौट 

अजैरवैजानमा हुन लागेको १५ वर्ष मुनिको फिफा विश्वकप एन्ड फेस्टिभल २०२६ का लागि रुकुम पश्चिमबाट ६ जना खेलाडी छनोट गरिएको छ । जिल्ला फुटबल संघ तदर्थ समितिले मङ्गलवार ६ जना खेलाडी छनोट गरेको हो । 

पूजन सुनार, सचिन विक, प्रज्वल रोकाय, गौरव ओली, मुबिन ओली र विक्रान्त बुढा मगर छनोटमा परेका छन् । छनोट भएका यी खेलाडीले प्रदेश स्तरीय छनोटमा सहभागिता जनाउने जिल्ला फुटबल संघ तदर्थ समितिका अध्यक्ष ध्रुव केसीले जानकारी दिनुभयो । 

अजरवैजानमा हुन लागेको १५ वर्ष मुनिको फिफा विश्वकप तथा फेस्टिभलका लागि नेपालको टिम निर्माण गर्न उद्देश्यले जिल्ला हुँदै प्रदेश स्तरबाट खेलाडी छनोट भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाबाट छनोटमा परेका यी खेलाडीले प्रदेशमा राम्रो गरे राष्ट्रिय छनोटमा भाग लिन पाउने मौका प्राप्त गर्ने छन् ।  

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update