दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेश फुटबल छनोटमा रुकुम पश्चिमले विजयी सुरुवात गरेको छ । कर्णाली प्रादेशिक रङ्गशाला सुर्खेतमा बुधवार भएको आफ्नो पहिलो खेलमा रुकुम पश्चिमले कालिकोटलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । रुकुम पश्चिम २–१ गोलले विजयी भयो ।
रुकुम पश्चिमका लागि कबिराज केसी र प्रभात गिरीले १/१ गाेल गरे । पहिलाे हाफमा १ गाेलले पछि परेकाे अवस्थामा रुकुम पश्चिमले दाेस्राे हाफमा उत्कृष्ट कमब्याक गर्दै जित हासिल गरेकाे हाे ।
रुकुम पश्चिमले अब दोस्रो खेलमा बिहीबार डोल्पासँग प्रतिस्पर्धा गर्ने छ । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको छनोट चलिरहेको छ । अधिकांश खेलहरू सुर्खेतमा भइरहेका छन् भने अन्य जिल्लामा पनि विभिन्न खेलहरू भइरहेका छन् ।
यसैबिच रुकुम पश्चिममा महिला कबड्डीको छनोट हुँदै छ । बिहीबारबाट मुसिकोट खलंगामा महिला कबड्डीको छनोट सञ्चालन हुने बताइएको छ ।




