Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेश क्रिकेट छनोटमा रुकुम पश्चिमको पहिलो जित 

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेश छनोटको पुरुष क्रिकेटमा रुकुम पश्चिमले पहिलो जित हासिल गरेको छ । बुधवार भएको पहिलो खेलमै रुकुम पश्चिमले जित दर्ता गरेको हो । रुकुम पश्चिम सल्यान विरुद्ध ५ विकेटले विजयी भयो ।

टस जितेर ब्याटिङमा उत्रिएको सल्यानले १४ ओभर ३ बलमा सबै १० विकेट गुमाउँदै ८४ रन बनाएको थियो । सल्यानका लागि सूर्य सुनारले सर्वाधिक २५ रनको योगदान गरे । कप्तान मोहन केसी र सन्दीप गन्दर्भले १०–१० रन बनाए भने अन्य ब्याटरले सम्झन लायक रन बनाउन सकेनन् । 

सल्यानलाई सस्तैमा समेट्न विनोद विक, अरविन्द घर्ती, कुनाल रावल र सुधीर चन्दले å२–२ åविकेट लिए भने प्रतीक गिरीले १ विकेट लिए । ८५ रनको लक्ष सहित जबाफी ब्याटिङमा उत्रिएको रुकुम पश्चिमले १२.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष पुरा गर्‍यो । 

रुकुम पश्चिमका लागि अरविन्द घर्तीले ९ बलमा ३० रनको आक्रामक पारी खेले । कुनाल रावलले २२ र रामकृष्ण परियारले १६ रनको योगदान गरे । सल्यानका विक्रम रोका र सन्दीप गन्दर्भले २–२ विकेट लिए । छनोटमा सहभागी कर्णालीका ६ जिल्लालाई २ समूहमा बाँडेर खेल सञ्चालन भइरहेका छन् । 

छनोटको समूह ए मा रुकुम पश्चिम सहित सल्यान र कालिकोट रहेका छन् । अब रुकुम पश्चिमले अर्को खेलमा कालिकोटसँग प्रतिस्पर्धा गर्ने छ । समूह बि मा सुर्खेत, दैलेख र जाजरकोट रहेका छन् ।।

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update