Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेश पुरुष फुटबल छनोटमा रुकुम पश्चिमको लगातार दोस्रो जित

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुर्खेतमा जारी पुरुष फुटबल छनोटमा रुकुम पश्चिमले लगातार दोस्रो जित हासिल गरेको छ । आज प्रदेश रंगशाला वीरेन्द्रनगरमा भएको आफ्नो दोस्रो खेलमा रुकुम पश्चिमले डोल्पालाई पराजित गरेको हो । 

रुकुम पश्चिम ४–० ले विजयी भयो । रुकुम पश्चिमका लागि पूजन सुनारले २ तथा कमल विक र अनोज खड्काले १–१ गाेल गरे । समूह चरणको अन्तिम खेलमा रुकुम पश्चिमले भोली जाजरकोटसँग खेल्ने छ । 

पहिलो खेलमा रुकुम पश्चिमले हिजो कालिकोटलाई २–१ गोलले पराजित गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update