रुकुम पश्चिममा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेश छनोट महिला कबड्डी सुरु भएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा आजबाट छनोट सुरु भएको हो । छनोट खलङ्गाको बाल मन्दिर प्राङ्गणमा भइरहेको छ ।
छनोटमा रुकुम पश्चिम सहित कर्णाली प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूको सहभागिता रहेको छ । यस छनोटबाट कर्णाली प्रदेशको महिला कबड्डी टिम निर्माण गरिने छ । उक्त टिमले कर्णाली प्रदेशमै आगामी मंसिरमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने छ ।
यति बेला कर्णाली प्रदेशमा छनोट खेलहरू सञ्चालन भइरहेका छन् । अधिकांश खेलहरू सुर्खेतमा भइरहेका छन् भने केही खेलहरू भने प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भइरहेका छन् । रुकुम पश्चिममा महिला कबड्डीको भाग परेको थियो । सोही अनुसार आजबाट छनोट सुरु भएको हो ।




