तेस्रो फुक्रु कप सानीभेरी ९ ले जित्यो
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेलटापु खेल मैदानमा सञ्चालित तेस्रो फुक्रु कप सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्लीले जितेको छ । फाइनलमा नेक्सा कम्युनिटी क्लबलाई पराजित गर्दै सिम्ली विजेता बनेको हो ।
विजेता र उपविजेताले नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै व्यक्तिगत इभेन्टमा पनि खेलाडीलाई पुरस्कृत गरिएको छ । प्लेयर अफ द सिरिज सानीभेरी ९ का रमित घर्ती बनेका छन् । त्यस्तै वेस्ट ब्याटर नेक्सा कम्युनिटीका निखिल खत्री, वेस्ट बलर सानीभेरी ९ का सुवास अधिकारी बनेका छन् ।
उदीयमान खेलाडी मेघा क्रिकेट क्लबका सुरेश अधिकारी बने । विगत ३ वर्ष देखि सानीभेरीमा फुक्रु कप क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३ १७:५२
प्रतिक्रिया दिनुहोस्





