Kakhara सबैको खबर सम्पूर्ण खबर
सिद्ध गुफा गोल्ड कपको साताैँ संस्करण कार्तिक १० बाट, विजेताले २ लाख २२ हजार पाउने
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसिकोटमा सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हुने भएको छ । विगत सात वर्ष देखि सञ्चालन भइरहेको सिद्ध गुफा गोल्ड कपको साताैँ संस्करण यही कार्तिक १० गतेबाट मुसिकोट १ खलङ्गाको बराहटाकुरा खेल मैदानमा सञ्चालन हुँदै छ । 

मुसिकोट १ सल्लेको सल्ले यूथ क्लबको आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगिताको साताैँ संस्करणको पुरस्कार राशि उल्लेख्य वृद्धि गरिएको छ । यो प्रतियोगिता जिल्लाको सर्वाधिक पुरस्कार राशिको रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । 

यो प्रतियोगिता मोफसलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशि मध्येको एक रहेको आयोजक समितिका नवराज खड्काले जानकारी दिनुभयो । आयोजकका अनुसार जिल्लामा हालसम्म आयोजना भएका फुटबल प्रतियोगिता मध्ये यो सर्वाधिक पुरस्कार राशिको हो । 

सेभेन ए साइडमा खेलाइने यस प्रतियोगिताको उपविजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउने खड्काले बताउनुभयो । विजेतालाई ट्रफि, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ । प्रतियोगितामा सहभागिताका लागि कार्तिक ९ गते बेलुका ५ बजेसम्म टिम दर्ता गराउन सकिने छ । 

टिम दर्ताका लागि १५ हजार दर्ता शुल्क तोकिएको छ । खेलकुदको विकास, युवाको सहभागिता भन्ने नाराका साथ सल्ले यूथ क्लबले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गरिरहेको छ । यस प्रतियोगिताले जिल्लाको फुटबल प्रतियोगितामा नयाँ कीर्तिमान बनाउने र जिल्लाको फुटबल विकासमा अहम् टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । 

जिल्लामा पर्याप्त भौतिक पूर्वाधार नभएको अवस्थामा पनि भएको पूर्वाधारको प्रयोगमा खेल सञ्चालन गर्नुपर्दा निकै चुनौतीको सामना खेप्नुपरिरहेको आयोजकले जनाएको छ । पर्याप्त संरचना नभए पनि भएका संरचनाको प्रयोगबाट फुटबलको विकासमा योगदान पुर्‍याउने उद्देश्यले सिद्ध गुफा गोल्ड कपको सुरुवात गरिएको आयोजकको भनाई छ । 

आयोजकले साताैँ संस्करणलाई यसअघिका संस्करण जस्तै भव्य रूपमा सम्पन्न पार्न सहयोग गर्न सम्पूर्ण खेलाडी तथा खेलप्रेमिहरुलाई अनुरोध गरेको छ । प्रतियोगितामा भाग लिन तथा खेल अवधिभर खेल अवलोकन गरी गरीमा बढाउन आयोजकले खेलाडी तथा खेल प्रेमी महानुभावहरूलाई अनुरोध गरेको हो ।

sidha-gufa-gold-cup-1792496919.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update