Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणि र रेडक्रसको साझेदारीमा सञ्चालित कार्यक्रम सम्पन्न
समापन कार्यक्रममा सहभागिहरु ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको साझेदारीमा सञ्चालित कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणि गाउँपालिकामा जुलाई २०१८ देखि सेप्टेम्बर २०२    १ सम्म विभिन्न कामकाज गर्ने गरी गाउँपालिका र रेडक्रस सोसाइटीबीच सम्झौता भएको थियो । नेपाल रेडक्रस सोसाइटीको कर्णाली प्रदेश शाखाको स्वास्थ्य प्रबद्र्धनको लागि सामुदायिक सशक्तिकरण कार्यक्रम अन्तर्गत स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजना सञ्चालन भएको थियो ।

३ वर्ष ३ महिना सञ्चालित उक्त परियोजनाबाट विभिन्न भौतिक पूर्वाधार निर्माणको साथै अरु सचेतना र सशक्तिकरणका कार्यक्रम पनि सम्पन्न भएका छन् । नेपाल रेडक्रस सोसाइटीका जिल्ला कार्यक्रम अधिकृत सुमन ज्ञवालीले यस अवधिमा गाउँपालिकाका विभिन्न वडामा ९ वटा खानेपानी आयोजना निर्माण सम्पन्न भएको र २ वटा विद्यालयमा खानेपानी योजना निर्माण भएको जानकारी दिनुभयो ।

अधिकृत ज्ञवालीका अनुसार यस अवधिमा नेपाल रेडक्रस सोसाइटी, गाउँपालिका, आशा परियोजना र बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको झण्डै ८ करोड र स्थानीयको श्रमदान समेत गरी १० करोड जति बजेट परिचालन भएको छ । यसबाट ५ हजार ३ सय बढी सर्वसाधारण खानेपानीको पहुँचमा पुगेका छन् । सर्वसाधारण उपभोक्ता र विद्यालयमा गरी यो संख्या प्रत्यक्ष खानेपानीको पहुँचमा पुगेको अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । परियोजनाका अन्तिम समिक्षा समेत भएको छ ।

समिक्षा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगरले सिमित बजेटमा रहेको गाउँपालिकाका असिमिति माग सम्बोधनका लागि नेपाल रेडक्रस सोसाइटीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । बजेट अभावमा कतिपय योजना निर्माण गर्नका लागि समस्या भइरहेका बेला नेपाल रेडक्रस लगायतका निकायसँग सहकार्य गरेर केही माग सम्बोधन गरिएको र त्यसबाट धेरै ठाउँको खानेपानीको समस्या समाधान भएको, सचेतना तथा सशक्तिकरणमा समेत सहयोग पुगेको बताउनुभयो । कोरोनाको समयमा रेडक्रसा सोसाइटीले गरेको सहयोग पनि महत्वपूर्ण रहेको अध्यक्ष घर्तीको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update