
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ मा रहेको जनकल्याण माध्यमिक विद्यालय जोगिनेटाको ८ कोठे भवन उद्घाटन भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले सयुंक्त रुपमा ताम्रापत्र बाचन गरेर भवनको उदघाटन गर्नुभएको हो । टिनको छाना मुक्त विद्यालय बनाउने नगरपालिकाको अभियान अन्तर्गत उक्त भवन निर्माण भएको हो ।
संसदीय कोषको ५० लाख र नगरपालिकाको २२ लाख गरी ७२ लाख लगानीमा उक्त विद्यालय भवन निर्माण भएको हो । विद्यालयको भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले संघीयताले जन्माएको स्थानीय सरकारले विद्यालयमा गरिरहेको लगानी महत्वपूर्ण रहेको बताउनुभयो ।
विकासको मेरुदण्डको रुपमा रहेका शिक्षलाई पहिलो प्राथमिकतामा राखेर स्थानीय तहले गरिरहेको कामको सह्राना उहाँले गर्नुभएको छ । स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा प्रदेश सरकार रहेको भन्दै मन्त्री शर्माले समग्र विकासका लागि प्रदेशले कुनै कञ्जुस्याई नगर्ने बताउनुभयो ।