
रुकुम पश्चिमका विभिन्न ठाउँका तीन जना उद्योगी सम्मानित भएका छन् । सातौं राष्ट्रिय उद्योग दिवशको अवसर पारी उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र मुसीकोट नगरपालिकाले ति उद्योगीलाई सम्मान गरेको हो ।
पाउरोटी उद्योगी सानीभेरी गाउँपालिका ९, का रामबहादुर भण्डारी, काष्ठ उद्योग व्यवसायी आठबीसकोट नगरपालिका ३ का डन्ने बोहरा र जुस व्यवसायी मुसीकोट नगरपालिका ६ का दलबहादुर बोहरालाई नगद पुरस्कार र सम्मान पत्रले सम्मान गरिएको हो ।
मुसीकोट नगरपालिकाको हलमा आयोजित कार्यक्रममा नगर प्रमुख देविलाल गौतम, प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी, उद्योग तथा उपभोक्ता हित कार्यालयका प्रमुख माेहनकुमार केसीले उद्योगीलाई सम्मान गर्नुभएको थियो ।
उद्योग दिवशको अवसरमा हरेक वर्ष जस्तै राम्रो उद्योग व्यवसाय गरिरहेकालाई सम्मान गर्ने कार्यक्रम अनुरुप उहाँरुलाई सम्मान गरिएको कार्यालय प्रमुख केसीले बताउनुभयो । उद्योग व्यवसायलाई राम्रो गराएर आत्मनिर्भर बनेकामा उद्योगहरुलाई धन्यवाद दिँदै नगर प्रमुख गौतमले उद्योग व्यवसायमा नगरपालिकाले पनि लगानी र सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्ने बताउनुभयो ।