रुकुम पूर्व भूमे गाउँपालिका–३ सिमाका एक बेसहारा परिवारलाई राहत वितरण गरिएको छ । सिमा गाउँका एक बेसहारा परिवारलाई गाउँपालिकाले लत्ताकपडा र केही खाने सामग्री वितरण गरेको हो ।
सिमा गाउँका ७३ वर्षीय हासबहादुर पुन र उहाँका श्रीमती ९५ वर्षीया नरजिता पुनलाई गाउँपालिकाले राहत वितरण गरहेको छ । एक बोरा चामल , एक किलो नुन, ८ बोतल तेल र दुई वटा सिरक गाउँपालिकाले प्रदान गरेको छ । उहाँहरू विगत लामो समय देखि अरुको घरमा बस्दै आइरहनु थियो । अहिले घर धनीले उक्त घरबाट निकाला गरिसकेपछि हाल त्रिपालमुनी बसिराख्नु भएको हो ।
गाउँपालिकाले हाललाई केहि थोरै सामान उपलब्ध गरिएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । अब गाउँपालिकाले बासस्थानको लागि घर बनाइदिने अध्यक्ष श्रेष्ठले बताउउनुभयो । सोमबार गरिएको राहत वितरणमा गाउँपालिकाका अध्यक्ष श्रेष्ठ, भूमे–३ का वडाध्यक्ष परशुराम बुढा, दलित महिला सदस्य निमकुमारी बिक लगायतको उपस्थिति रहेको थियो ।