Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम यु–१९ प्रदेश छनौटको फाइनलमा प्रवेश

वाइवाइ अण्डर १९ कर्णाली प्रदेश छनौटमा रुकुम पश्चिम फाइनल प्रवेश गरेको छ । आज सुर्खेतमा भएको सेमिफाइनलमा सल्यानलाई ८ विकेटले पराजित गर्दै रुकुम पश्चिम फाइनल प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको सल्यानले १३.२ ओभरमा अल आउट हुँदै ६८ रन बनाउन सकेको थियो । उसका लागि अनिरुध कँवरले १३, मोहन केसीले ११ र सुमन भडेलले नटआउट १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

रुकुमका गोपाल केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै गणेश ददेल र कृतिप्रकाश सुनारले २/२ तथा युनिसविक्रम सिंह, अनिश खड्का र अनुज चनाराले १/१ विकेट लिए । ६९ रनको विजयी लक्ष पछ्याएको रुकुम पश्चिमले ६.१ ओभरमा २ विकेटको क्षेतिमा लक्ष पुरा गर्यो । उसका लागि महेश केसीले सर्वाधिक नटआउट ३१ रन बनाए । त्यस्तै अर्जुन घर्ती १६ रनमा आउट हुँदा गोपाल केसी १२ रनमा नटआउट रहे । रुकुम पश्चिमले फाइनलमा सुर्खेत र दैलेखकाे विजेतासंग प्रतिस्पर्धा गर्ने छ । 

याे प्रतियाेगिताबाट कर्णाली प्रदेशकाे अण्डर-१९ टिम निर्माण गरिने छ । उक्त टिमले वाइवाइ अण्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियाेगिता खेल्ने छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update