२८ वर्षमै दुवै मिर्गौला फेल, उपचारका लागि आर्थिक सहयोगको याचना

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११ का २८ वर्षीय देवराम खड्काले जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

दुवै मिर्गौला फेल भएपछि हाल भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका खड्काको जीवन बचाउन नियमित डायलाइसिस गर्नुपर्ने अवस्था रहेको छ । चिकित्सकको सल्लाहअनुसार उहाँको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ ।

परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले उपचारका लागि आवश्यक ठुलो रकम जुटाउन कठिन भइरहेको छ । लामो समयसम्म उपचार गर्नुपर्ने र मिर्गौला प्रत्यारोपणका लागि समेत ठुलो रकम आवश्यक पर्ने भएपछि परिवारले सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेको हो ।

परिवारले देश तथा विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनी, आफन्त तथा सम्पूर्ण सहयोगी मनहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरी देवरामको जीवन रक्षामा साथ दिन आग्रह गरेको छ ।

उहाँको जीवन रक्षाका लागि सहयोग गर्न चाहने व्यक्तिहरूले बिरामीको मोबाइल नम्बर ९८६५०९२१९० मा सम्पर्क गरी आवश्यक जानकारी लिन सक्नेछन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update