Top Navigation
मंगलबार, चैत ७, २०७९ ०१:२१:५५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ ०१:२१:५५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्ववियु निर्वाचनः रुकुम पश्चिमका ३ क्याम्पसमा सर्वसम्मत, ३ मा निर्वाचन
स्ववियु निर्वाचनः रुकुम पश्चिमका ३ क्याम्पसमा सर्वसम्मत, ३ मा निर्वाचन सिम्रुतु क्याम्पसमा आज मनाेनयन दर्ता हुँदै ।
कखरा संवाददाता
कखरा संवाददाता आइतबार, फागुन २८, २०७९

चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनका लागि रुकुम पश्चिमका क्याम्पसहरुमा पनि शनिबार मनोनय दर्ता भएको छ । त्रिभुवन विश्व विद्यालय अन्तरर्गतका ७ मध्य क्याम्पस मध्ये ६ क्याम्पसमा शनिबार मनोनयन दर्ता भएको हो । सिम्रुतु क्याम्पसमा भने मनोनयनका लागि आज ४ बजेसम्मको समय तोकिएको छ । मतदाता नामावलीमा विवाद भएपछि शनिबार मनोनयन हुन नसकेको क्याम्पसमा रहेको स्ववियू निर्वाचन समितिले जनाएको छ । 

मनोनयन दर्ता भएका ७ मध्य ३ क्याम्पसमा सर्वसम्मत मनोनयन दर्ता भएको छ । भने ३ क्याम्पसमा छुट्टा छुट्टै उम्मेदवारी परेको सम्बन्धीत क्याम्पसका स्ववियू निर्वाचन  समितिले जनाएका छन् । 

सदरमुकाम मुसिकोट खलंगामा रहेको रुकुमेली क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले छुट्टा छुट्टै मनोनयन दर्ता गराएका छन् । यहाँ नेकपा एमाले निकट अनेरास्ववियूबाट भने केही पदमा स्वतन्त्रमा उम्मेदवारी परेको छ । संगठन दर्ता नभएका कारण स्वतन्त्रबाट उम्मेदवारी परेको बताइएको छ । 

आठबीसकोट नगरपालिकामा रहेको राडीज्युला शिक्षा क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विरुद्ध अन्य संगठन मिलेर उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारीका विरुद्ध नेपाली कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियू, विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियूले उम्मेदवारी दिएका छन् । 

चौरजहारी नगरपालिकाको जहारी क्याम्पस खोलागाउँमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूले छुट्टा छुट्टै उम्मेदवारी दिएका छन् । 

महाेत्सव

सानीभेरी शिक्षा क्याम्पस, स्यार्पू बहुमुखी क्याम्पस र शितल क्याम्पसमा भने सर्वसम्मत भएको छ । सानीभेरी गाउँपालिकामा रहेको सानीभेरी शिक्षा क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेपाली कांग्रेस निकट नेविसंघ मिलेर मनोनयन दर्ता गराएका छन् । यहाँ अन्य संगठनबाट मनोनयन नपरेपछि सर्वसम्मत भएको हो । 

चौरजहारी नगरपालिकामा रहेको शितल क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियू मिलेर उम्मेदवारी दिएका छन् । कांग्रेस निकट नेविसंघले असहमति जनाउँदै क्याम्पसमा तालाबन्दी गरेको थियो । क्याम्पसमा रहेको स्ववियू निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार यो क्याम्पसमा पनि मतदान गर्नुपर्ने छैन् । 

बाँफिकोट गाउँपालिकामा रहेको स्यार्पू बहुमुखी क्याम्पसमा पनि सर्वसम्मत उम्मेदवारी परेको छ । सर्वसम्मत भएका तीन वटै क्याम्पसमा अध्यक्ष सहित अधिकांश पदाधिकारी अखिल क्रान्तिकारीले नै पाएको छ । त्रिभुवन विश्व विद्यालय अन्तरर्गतका क्याम्पसमा चैत्र ५ गते स्ववियू निर्वाचन हुँदै छ ।


प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०९:०८
#स्ववियू निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्