
रुकुम पूर्व प्रदेश सभा ‘ख’का स्वतन्त्र उम्मेदवार केशव रावलले आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरेर उहाँले विषयगत रुममा प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगारी, भौतिक पुर्वाधार तथा यातातात, उद्योग, वातावरण तथा वन क्षेत्रका विषयलाई प्रतिवद्धता पत्रमा समेटिएको छ । निर्वाचन क्षेत्रका सबै वडामा सुविधा सम्पन्न एम्बुलेन्स व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
स्वास्थ्य सेवामा कुनै विलम्ब ढिला सुस्ती हुन नदिन प्रत्येक वडामा एउटा सुबिधा सम्पन्न एम्बुलेन्सको प्राबधान अनिवार्य गरिने रावलले प्रतिबद्धता गर्नुभएको छ । बेरोजगारलाई भत्ताको व्यवस्था गर्ने पनि रावलले घोषणा गर्नुभएको छ । १२ कक्षा पास गरेका हरेक युवा युवतिलाई अनिवार्य रोजगारीको प्रबन्ध गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ । रोजगारी प्रबन्ध नहुदासम्म राज्यद्वारा बेरोजगार भत्ताको उपलब्धता गराउन पहल गरिनेछ, रावलले भन्नुभएको छ ।
जिल्ला अस्पताललाई १ सय श्यैयाको बनाउने, ट्रमा सेन्टर स्थापना गर्ने, प्रत्येक वडाबाट एक जनालाई चिकित्सा विज्ञानमा उच्च शिक्षा पुर्ण छात्रवृत्तिमा पढाउने, कसैले पनि गरिबिका कारण पढाई छाड्ने अवस्थाको अन्त्य गर्ने, प्रत्यक वडामा नमूना विद्यालय बनाउने, किसानलाई ऋणको व्यवस्था गर्ने, सबै गाउँमा मोटरबाटो पुर्याउने पनि स्वतन्त्र उम्मेदवार रावलले प्रतिबद्धता जनाउनुभएको छ ।
रावलले गरेका प्रतिबद्धताः
स्वास्थ्य
१. प्रत्येक वडामा न्युनतम आधारभुत सेवा सुबिधा उपलब्ध हुने गरी आवश्यक दक्ष जनशक्ति सहितको गाउँघर स्वास्थ्य सेवा कार्यक्रम संचालन गरी स्वास्थ्य सेवालाई पुर्ण व्यबस्थित, प्रभावकारी र गुणस्तरीय बनाइने छ ।
२. स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएता पनि त्यो संबिधानको धारामा मात्र सिमित हुन पुगेको छ । यसलाई व्यवहारत कार्यान्वयन गर्न विशेष भुमिका निर्वाह गरिने छ । साथै स्वास्थ्य विमा अनिवार्य गरिनेछ र हरेक नागरिकको वर्षमा एक पटक निशुल्क र अनिवार्य स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिनेछ ।
३. स्वास्थ्य सेवामा कुनै विलम्ब ढिला सुस्ती हुन नदिन प्रत्येक वडामा एउटा सुबिधा सम्पन्न एम्बुलेन्सको प्राबधान अनिवार्य गरिने छ। शवबाहन को पनि व्यवस्था गरिने छ ।
४. जिल्ला अस्पताललाई अविलम्ब स्तरोन्नती गरेर कम्तिमा एक सय श्यैयाको बनाइने छ । सोही अनुरुपको भौतिक संरचना, विशेषज्ञ सहितको सेवा–सुबिधा र गुणस्तरको व्यवस्थापन गरिने छ ।
५. जिल्लामै प्राकृतिक चिकित्सालय, आयुवेर्दिक औषधालय, योग तथा ध्यान केन्द्र खोल्नुका साथै रक्तसञ्चार केन्द्र र मध्य पहाडी लोक मार्ग, अन्य बिपत लगायतलाई मध्यनजर गर्दै शिघ्र उपचारका लागि ट्रमा सेन्टर स्थापना गरिने छ ।
६. गर्भवती महिलाहरुको जिल्लामै सबै उपचार गर्न सुबिधा सम्पन्न प्रसुती गृहको स्थापना गरिने छ ।
७. प्रत्येक वडाबाट एक जना छात्रा र एक जना छात्रलाई आफ्नै जिल्लामा सेवा गर्ने शर्तमा चिकित्सा विज्ञानमा उच्च शिक्षा पुर्ण छात्रवृत्तिमा पढाइने छ ।
८. सबै प्रकारका खोप निःशुल्क उपलब्ध गराइने छ ।
शिक्षा
१. आधारभूत शिक्षालाई अनिवार्य गराइने छ । कोही पनि बालबालिका शिक्षा पाउने कुराबाट बिमुख हुनु पर्ने छैन । गरिबी अभाव वा व्यवस्थापन र कुनै पनि कुराले कोही कसैले बिचमै पढाइ छोड्नु पर्ने छैन ।
२. प्रत्येक वर्ष हरेक वडाबाट ५ जना विपन्न तथा जेहेन्दार विद्यार्थी छनौट गरी उच्च शिक्षामा, विज्ञान, शिक्षा, वाणिज्य शास्त्र, चिकित्सा शास्त्र, कृषी, इन्जिनियर तथा प्राविधिक शिक्षामा पुर्ण छात्रवृतिको व्यवस्था सहित पढ्ने व्यवस्था गरिनेछ । साथै विना धितो शैक्षिक लोनको व्यवस्था गरिनेछ ।
३. सामुदायिक विद्यालय र शिक्षालाई शवलिकरण, व्यवस्थित र प्रयाप्त भौतिक संरचना निर्माण, पुनःनिर्माण, बालमैत्री तथा अपांगमैत्री डेस्क(वेन्च तथा आकर्षक कक्षा कोठा निर्माण गरिनेछ । प्रत्येक विद्यालय सुरक्षित र व्यवस्थित गर्न तारवार घेरावार गरिनेछ । साथै विद्यालयहरुमा विषयगत शिक्षकको पुर्ण व्यवस्था गरिनेछ ।
३. प्रत्येक वडामा एक वटा नमुना बिद्यालय बनाइनेछ । जहाँ निःशुल्क छात्रवास संगै कमाउदै पढ्दै गर्ने वातावरण मिलाइने छ । भने एउटा पालिकामा कम्तिमा २ वटा बिज्ञान संकाय सहितको संचालनमा ल्याइने छ । साथै बहुप्राबिधिक शिक्षालय स्थापना गरिने छ ।
४. सबै स्कुलमा विद्यार्थीको शारीरिक मानसिक र शर्वाङ्गिन विकासका लागि खेल प्रशिक्षकको दरवन्दी व्यवस्था गरी विभिन्न सृजनात्मक रचनात्मक र खेलकुद प्रशिक्षण अनिवार्य गरिनेछ ।
५. शिक्षकलाई आकर्षक सेवा सुविधा तलव भत्ता व्यवस्था गर्ने र शिक्षण पेशालाई सवै भन्दा सम्मानित पेसाको रुपमा कायम गरिनेछ ।
कृषि
१. किसानहरुलाई नगदेवालीमा प्रोत्साहन गर्ने, आवश्यक तालिमको व्यवस्था गर्ने र वास्तविक किसानलाई विशेष अनुदानको व्यवस्था गर्ने, खेति प्रणालीलाई व्यवस्थित गर्दै विउविजनमा अनुदानको व्यस्था गर्ने, उत्पादनशिल जग्गाहरुमा व्यवस्थित सिचाईको व्यवस्था गर्ने, साथै हरेक वडामा कृषी प्रविधिकको व्यवस्था गरिनेछ ।
२. किसानहरुका लागि कृषी ऋणको व्यवस्था गरिनेछ । साथै किसानहरुले उत्पादन गरेका सवैखाले उत्पादित वस्तुहरु संकलन गर्न कम्पनी लिमिटेड वनाई उचित मुल्यमा गाउमै खरिद गर्ने व्यवस्था गरिनेछ ।
पर्यटन
१. पर्यटन व्यवसायलाई स्थानीय वासिन्दाको जिविकोपार्जनसँग जोड्ने कार्यक्रमहरु लागु गरिने छ ।
२. रुकुमकोट सिस्ने पर्यटक पदमार्ग तत्काल निमाृण शुरु गरिनेछ । साथै होमस्टे संचालनका लागि स्थान, व्यक्ति तथा समुह छनौट गरी अनुदानको व्यवस्था गरिनेछ ।
३. ५२ पोखरी ५३ टाकुरी पहिचान र प्रवद्र्धन गरिने छ । कमल तालको संरक्षण गरी पर्यटकिय आकर्षणको केन्द्र वनाइने छ । भने सानोभेरीमा ¥याफ्टिङ संचालनमा ल्याइनेछ ।
रोजगार र स्वरोजगार
१. १२ कक्षा पास गरेका हरेक युवा युवतिलाई अनिवार्य रोजगारीको प्रबन्ध गरिनेछ । रोजगारी प्रबन्ध नहुदा सम्म राज्य द्वारा बेरोजगार भत्ताको उपलब्धता गराउन पहल गरिनेछ ।
२. व्यापार–व्यवसाय गर्न इच्छुकलाई परामर्श सेवा जिल्ला स्तरमा उपलब्ध गराइनेछ । र सुरुवाती पूजी अभाव हुन नदिन विना धितो स्वरोजगार रिण प्रदान गर्ने व्यवस्था गरिनेछ ।
३. बेरोजगारलाई सिपमुलक तालिम दिइनेछ । परम्परागत सिपलाइ आधुनिकरण, व्यवसायिकरण र बजारीकरण गरिने छ । सिल्पि समुदायको सीप क्षमतालाइ स्तरोन्नति गर्दै आरन, सुनचांदी पसल, सिलाइबुनाइ, हस्तकला, गार्मेन्टहरुको बिकास गरिने छ ।
भौतिक पुर्वाधार तथा यातातात
१, मोटरवाटो नपुगेका गाउमा मोटर वाटो पुर्याइनेछ, पुगेका गाउमाउमा अवस्था र आवस्यकता हेरि स्तरउन्नती ग्रावेल, पिच गरिनेछ ।
२, गाउँदेखी पालिकामुकाम आवतजावतमा सहज गर्न विहान छुट्ने र साँझ अनिवार्य गाउँघर पुर्याउने गरी यातायातको सहज व्यवस्था गरिनेछ ।
विद्युत तथा संचार
१, विद्युत र संचारलाई हरेक नागरिकको घर–घरमा पुर्याउने व्यवस्था गरिनेछ ।
खानेपानी रसरसफाई
१. स्वच्छ खानेपानी सहितको ‘एक घर–एक धारा’ अनिवार्य व्यवस्था गरिनेछ । साथै पानीका मुहान संरक्षण र जलाधार क्षेत्रको संरक्षण समबन्धी आवश्यक कार्य गरिनेछ ।
२. सरसफाईयुक्त घर(आगन, हाम्रो गाउँ ! सुन्दर वनाऔं !! कार्यक्रम संचालन गरिनेछ । विपन्न परिवारहरुका लागि घरघरमा व्यवस्थित चर्पी निर्माणका गर्न आवश्यक अनुदानको व्यवस्था गरिनेछ ।
उद्योग क्षेत्र
१. स्थानीय स्तरमा उत्पादन गर्न सकिने वस्तुहरू जडिवुटी, साबुन, कृषि तथा वन पैदावार, खाद्यान्न, छाला, प्लास्टिक आदिको अध्ययन गरी साना तथा मझौला उद्योग स्थापना गरिने छ ।
जस्तै–साबुन, शरब, मैनबत्ती, दालमोठ, आलु चिप्स, मुडा , राडीपाखी, कपडाको कच्चा पदार्थ, डल आदि ।
वातावरण तथा वन क्षेत्र
दिगो विकासका अवधारणाहरु अनुसरण गर्दै विकास निर्माण सँगै वातावरणिय क्षति कम गर्न प्रभाव न्युनिकरणका उपायहरु लागु गर्ने, जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न अनुकुलनका कार्यक्रमहरु लागु गरिनेछ ।