Top Navigation
शनिबार, माघ २१, २०७९ ११:२३:०६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:२३:०६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, मंसिर २६, २०७९
माया बेकरी माया बेकरी
प्रत्यक्ष र समानुपातिकका छ सांसद्हरू । 

रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१० का एउटै वडाबाट तीन सांसद् बन्नु हुने भएको छ । तीन सांसद नै फरक–फरक पार्टीका समानुपातिक सांसद्को रूपमा छनौट हुनु भएको हो । 

जसमा नेपाली कांग्रेसबाट आदिवासी जनजाति महिला तर्फ प्रतिनिधि सभाको समानुपातिकबाट कुसुमदेवी थापा बुढा मगर, नेकपा माओवादी केन्द्रबाट आदिवासी जनजाति महिला तर्फ लुम्बिनी प्रदेश सभाको समानुपातिकबाट दिलकुमारी बुढा मगर र नेकपा एमालेबाट आदिवासी जनजाति महिला तर्फ लुम्बिनी प्रदेश सभाको समानुपातिकबाट सरिका पुन मगर सांसद् बन्नु भएको छ । यी तीन जना नै पुुथाउत्तरगङ्गा–१० निवासी हुनुहुुन्छ । 

समानुपातिकबाट तीन र प्रत्यक्ष तीन गरी यस पटक जिल्लाले छ सांसद्् पाएको छ । तीन गाउँपालिका रहेको यस जिल्लामा छ सांसद् मध्ये चार जना पुथाउत्तरगङ्गा गाउँपालिकाका हुनुहुन्छ भने एक/एक भूमे र सिस्ने गाउँपालिकाका हुनुहुन्छ । पुथाउत्तरगङ्गा–१० का तीन समानुपातिक सांसद् र प्रदेश सभा प्रत्यक्ष तर्फ सोही गाउँपालिकाको वडा नम्बर १ का सुरुल पुन मगर माओवादी केन्द्रका बागी स्वतन्त्रबाट निर्वाचित हुनु भएको हो ।  

प्रत्यक्ष प्रदेश सभा क्षेत्र नम्बर २ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका धनबहादुर केसी (सिस्ने गाउँपालिका–७), प्रत्यक्ष प्रतिनिधि सभाबाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर (भूमे गाउँपालिका–९)का हुनुहुन्छ । २०७४ को निर्वाचनमा जिल्लाबाट तीन प्रत्यक्ष र एक प्रदेश समानुपातिक गरी चार जना सांसद् हुनु भएको थियो ।


 

मुसिकाेट नगरपालिका


प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ११:३४
चाैरजहारी चाैरजहारी
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्