Kakhara सबैको खबर सम्पूर्ण खबर
बुद्धभुमी मानव सेवा आश्रमद्धारा मुठिदान कार्यक्रम सुरु 

बुद्धभूमि मानव सेवा आश्रम शाखा कार्यालय रुकुम पश्चिमले मुठिदान कार्यक्रम सञ्चालन  गरेको छ । आज शाखाले मुसिकोट नगरपालिका ५ सेरिगाउँमा रहेको न्यु मुन लाइट सेकेण्डरी मिडियम बोर्डिङ स्कुलबाट आश्रमको लागि मुठिदान कार्यक्रम सञ्चालन गरेको हो । मुठिदान कार्यक्रम अन्य विद्यालयहरूमा पनि सञ्चालन गरिने बुद्धभूमि मानव सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुठिदान कार्यक्रममा न्यु मुन लाइट सेकेण्डरी मिडियम बोर्डिङ स्कुलबाट आफ्नो इच्छाले विद्यार्थी तथा शिक्षकले सकेको दान गरेका थिए । २०८१ साल फागुन २५ गतेदेखि  मठमा स्थापना भएको मानव सेवा आश्रममा हाल २ जना महिला र तीन जना पुरुष आश्रम लिएर बसिरहेका छन् । ती आश्रममा बस्ने बेसहारालाई खान, बस्न र निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको बुद्धभूमि मानव सेवा आश्रम शाखा कार्यालय रुकुम पश्चिमका सह-संयोजक भिमा खड्काले जानकारी गराउनुभयो । 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update