वाइसीयल रूकुम पश्चिम
मुसिकाेटमा वाइसीयलकाे र्याली (फाेटाे फिचर)

नेकपा माओपादी केन्द्रकाे सहायक संगठन वाइसीयल नेपाल रूकुम पश्चिमकाे पाँचाैँ जिल्ला सम्मेलन मुसिकाेटमा सुरू भएकाे छ । वडा नम्बर ५ शेरिगाउँस्थित सहिद प्रतिष्ठानकाे हलमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले सम्मेलन उद्घाटन गर्नुभयाे ।
उद्घाटन पूर्व मुसिकाेटमा र्याली निकालिएकाे थियाे । खलंगाकाे बराहटाकुराबाट सुरू भएकाे र्याली खलंगा बजार, बागबजार हुँदै शेरिगाउँ पुगेकाे थियाे । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आजै सकिने वाइसीयल नेपाल रूकुम पश्चिमले जनाएकाे छ ।
फाेटाेमा हेर्नुहाेस र्याली ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १५:२२
प्रतिक्रिया दिनुहोस्