Kakhara सबैको खबर सम्पूर्ण खबर
देश माओवादीको नेतृत्वमा चलिरहेको छ : पुर्व मुख्यमन्त्री शर्मा 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री राजकुमार शर्माले अहिले देश माओवादीको नेतृत्वमा चलिरहेको बताउनुभएको छ । आज वाइसिएल रुकुम पश्चिमको पाँचौ जिल्ला सम्मेलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्व मुख्यमन्त्री शर्माले माओवादीले स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र माओवादीले नै परिर्वतन गरेको व्यवस्थामा अहिले देश चलिरहेको बताउनुभएको हो । माओवादीको पहिलो उपलब्धि नै व्यवस्था परिर्वत र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु रहेको उहाँले बताउनुभयो ।


‘‘भौतिक रुपमा प्रधानमन्त्रीको छ राष्ट्रपतिको छ, संसदमा कोले कति सिट ल्यायो भन्ने कुरा त्यो दोस्रो कुरा हो तर एजेन्डा हाम्रो हो देश हाम्रो एजेण्डामा चलेको छ’’ शर्माले भन्नुभयो । एजेन्डा लागू गर्ने सन्दर्भमा भने केही जटिलताहरू रहेको बताउनुभयो । आज सरकार बन्ने भोलि सरकार ढल्ने पिपल पाते सरकारहरू बनिरहेका छन् यसले जनताको अभिभारा राष्ट्रको अभिभारा संविधानको स्पिरिटलाई लागू गर्न सकिने अवस्था नरहेको बताउनुभयो । 

फरक प्रसंग जोड्दै सरकारको नेतृत्व गरिरहेका राजनीतिक दलहले जनता र राष्ट्रप्रति उत्तरदायी भएर काम नगर्दा प्रतिगामी तत्वहरू सल्वलाई राखेको शर्माले बताउनुभयो । संघीयता कार्यान्वयनमा देखापरेका कमी कमजोरी, अपुक्ताहरूका कारणबाट प्रतिगमनकारीहरू संघीय लोकतान्त्रिक व्यवस्था नचाहनेहरू टाउको उठाउने प्रयत्न गरिरहेको उहाँले बताउनुभयो । ‘‘संविधान लेख्दै गर्दा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रमुख हुनुपर्छ भनेका थियौँ । त्यो कुरा कांग्रेस र एमालेले मानेन आज त्यो कुरा सत्य साबित भएको छ, हामीले अर्को कुरा भनेका थियौं समानुपातिक निर्वाचन प्रणालीलाई चाहिँ पूर्ण समानुपातिक बनाउँ, चुनाव पार्टीगत बनाउँ भनेर हामीले योजनामा नोट अफ डिसेन्ट गरेका थियौँ एमाले काग्रेसले मानेन्’’उहाँले भन्नुयभो । 

अहिलेको व्यवस्थाको अगुवाई माओवादी केन्द्रले गरेको र केही अपुगतामा पनि संघर्ष  गरिरहेको उल्लेख गर्दै अहिले सत्तामा गएका राजनितिक दलहरुले हामीले यो काम गर्यौ भन्न सक्ने हैसियत नभएको बताउनुभयो । ‘‘त्यो हैसियत माओवादीसँग मात्र रहेको छ पहिलो कुरा यो व्यवस्थाको अगुवाई गर्यौ दोस्रो कुरा कार्यान्वयनको सन्दर्भमा सडक सञ्जाल हामीले विस्तार गर्यौ’’उहाँले भन्नुभयो । प्रतिगमनका विरुद्ध खवरदारी गर्नसमेत युवाहरुलाई उहाँको सुझाव थियो । 


 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update