Kakhara सबैको खबर सम्पूर्ण खबर
विजयश्वरी स्कुलले गर्‍यो नयाँ भर्ना हुने विद्यार्थीलाई स्वागत 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा रहेको विजयश्वरी बोर्डिङ स्कुलले नयाँ शैक्षिक सत्रमा भर्ना हुने नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । स्कुलले आज एक कार्यक्रमको आयोजना गरी यो शैक्षिक सत्रको वैशाख २ गतेदेखि आजसम्म भर्ना हुने ३ सय ५५ जना विद्यार्थीहरूलाई स्वागत गरेको हो ।

विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आज विद्यार्थीको भव्य स्वागत गरिएको प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार टीका र मायाको चिनो प्रदान गरी नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको प्रिन्सिपल थापाले बताउनुभयो । विजयश्वरी जिल्लाको पहिलो संस्थागत विद्यालय हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update