
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा राइजप परियोजना सुरु भएको छ । अपांगता भएका व्यक्ति तथा परिवारहरुको क्षेत्रमा काम गर्ने उद्देश्यले राईजअप परियोजना सुरु भएको हो । मानव विकास तथा सामुदायिक सेवा अन्तरर्गत सामुदायिक विकास कार्यक्रमको नयाँ परियोजना राईजअपले अपांगता भएका व्यक्ति तथा परिवारहरुको क्षेत्रमा काम गर्नेगरी नयाँ परियोजना सुरु गरेको परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमवार नगरपालिकाको सभाहलमा आयोजित अभिमूखिकरण कार्यक्रम मार्फत नयाँ परियोजनाको विषयमा जानकारी बनाएको हो । परियोजना पालिकाको १४ वटै वडामा संचालन हुने परियोजना अधिकृत जैसीले जानकारी दिुनुभयो ।
परियोजना संचालन हुने ३ वर्षको अवधिमा गरिने क्रियाकलापहरु अन्तरगत सचेतना, जीविकोपार्जन, समन्वय र सहकार्य, पैरवी, व्यवहारिक तालिम फिजियोथेरापी, उनीहरुको आवाश्यकताको आधारमा निशुल्क रुपमा सहायक सामाग्री प्रदान, सीप विकास तालिम, कार्यशाला, आमा समुह तथा स्वास्थ्य आमासमुहहरुमा वैठक संचालन गरिने छ ।
मानव विकास तथा सामुदायिक सेवा सँगको सहकार्यमा हिमाल पाटनर नर्वेले कार्यक्रमको आर्थिक सहयोग गरेको छ । परियाेजनाले अपांगता भएका व्यक्तिहरुको गुणस्तरिय जीवन र समाजमा समावेशीताको सिद्धान्त अनुरुप काम गर्ने लक्ष्य लिएको परियोजना अधिकृत जैसीले जानकारी दिनुभयाे।