Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल नेपाल खेलकुद महासंघको प्रथम जिल्ला सम्मेलन उद्घाटन

नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल नेपाल खेलकुद महासंघ रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन मुसिकोटमा सुरु भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले ब्यानर पढेर सम्मेलनको उद्घाटन गर्नुभएको हो । 

मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँस्थित सहिद प्रतिष्ठानको हलमा वाइसीयल नेपालको पाँचौँ जिल्ला सम्मेलन संगै अखिल नेपाल खेलकुद महासंघको प्रथम जिल्ला सम्मेलन संयुक्त रुपमा सुरु भएको हो । 

उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको विशेष र अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज टक्कबहादुर शाहीको विशेष आतिथ्यता रहेको छ ।

सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आजै सकिने बताइएको छ । सम्मेलनका लागि जिल्लाभरबाट प्रतिनिधि छनोट भएर आएको अखिल नेपाल खेलकुद महासंघ रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update