Top Navigation
शनिबार, माघ २१, २०७९ ११:१३:४३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:१३:४३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजा
Search Here
प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • Home
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  ४ जनाले चुनाव खर्च विवरण बुझाउन बाँकी ।
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, मंसिर २८, २०७९
माया बेकरी माया बेकरी

रुकुम पश्चिमबाट मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचन लडेका अधिकांशले चुनाव खर्चको विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ८ जना उम्मेदवारहरुले चुनावको खर्च विवरण बुझाएका छन् । खर्च विवरण बुझाउनेमा ४ जना प्रतिनिधि र ४ जना प्रदेश सभा सदस्यका उम्मेदवार रहेको कार्यालयले जनाएको छ । अव ४ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी रहेको छ । 

जिल्ला निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरण अनुसार प्रतिनिधि सभा सदस्यमा विजयी नेकपा माओवादी केन्द्रका जनार्दन शर्माको चुनावी खर्च झण्डै २४ लाख देखिएको छ । शर्माले कार्यालयमा बुझाएको खर्च विवरणमा चुनावमा २३ लाख ९८ लाख खर्च भएको उल्लेख गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवारले जिल्लामा अधिकतम ३१ लाख खर्च गर्न पाउने अधिकार थियो । 

सम्बन्धित समाचार
  • नेकपा एमालेका नन्दराम देवकोटाको चुनाव खर्च झण्डै १० लाख 

त्यस्तै प्रतिनिधि सभाका अर्का उम्मेदवार नेकपा एमालेका नन्दराम देवकोटाको खर्च ९ लाख ८९ हजार ४ सय ५५, मंगोल नेशनल अर्गनाइजेशनका हरिबहादुर पुनको २९ हजार ६ सय ५० र स्वतन्त्र उम्मेदवार तारक केसीको खर्च ६ लाख ८५ हजार देखिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । 

प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नम्बर १ मा विजयी नेकपा माओवादी केन्द्रका महेन्द्र केसीको खर्च ५ लाख ९९ हजार ९ सय ५८ देखिएको मल्लको भनाई छ । प्रदेश सभा ख मा विजयी नेकपा माओवादी केन्द्रका राजकुमार शर्माको खर्च ८ लाख ८ हजार ७३ र राप्रपाका उम्मेदवार निर्जल केसीको खर्च १ लाख ३२ हजार ७ सय रहेको उहाँले बताउनुभयो । 

जिल्लाको प्रदेश सभा १ मा अधिकतम २१ लाख र २ मा अधिकतम १७ लाख रुपैंया चुनावमा खर्च गर्न पाइने व्यवस्था थियो । अव प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार राजन पाण्डे र राप्रपाका दिपककुमार मल्ल, प्रदेश सभा १ का राप्रपाका विनोदकुमार मल्ल र प्रदेश सभा २ का एमालेका उम्मेदवार कर्णबहादुर घर्तीले खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुसिकाेट नगरपालिका
सम्बन्धित समाचार
  • रुकुम पश्चिममा ६ जना उम्मेदवारको धरौटी जफत 

निर्वाचनको अन्तिम परिणाम आएको ३५ दिनभित्र चुनावी खर्च विवरण सम्बन्धीत जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
 


प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १६:५३
चाैरजहारी चाैरजहारी
#चुनाव खर्च #जनार्दन शर्मा
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्