Kakhara सबैको खबर सम्पूर्ण खबर
सातौँ मयूर कप :  आयोजक मयूर युवा क्लव विजेता 
विजेता टिम ।

‎रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रतुमा मयुर युवा क्लबको  १७ औ वार्षिकोत्सव तथा सातौँ मयूर कपको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताको विजेता अयोजक मयूर युवा क्लव बनेको छ ।  परिर्वतन गाउँपालिका  रोल्पालाई पराजित गर्दै आयोजक मयूर यूवा क्लव विजेता बनेको हो । परिर्वत गाउँपालिका ४ रोल्पालाई ३-० को सोझो सेटमा हराउँदै आयोजक विजेता बनेको हो ।

त्यस्तै त्रिवेणी गाउँपालिका वडा ४ र हाम्रो सरोकार रुकुमले सान्त्वना स्थान प्राप्त गरेको आयोजकले जनाएको छ । पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समुहले नगद ७०  हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो स्थान प्राप्त गर्ने समुहले नगद ५० हजारको साथमा कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना स्थान प्राप्त गर्ने  दुई समुहले नगद १५/१५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त  गरेको मयूर युवा क्लवका सचिव सोमपाल कामीले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगितामा रुकुम पश्चिमसहित रोल्पा, सल्यान गरी २० समुहले प्रतिस्पर्धा  गरेका थिए ।  

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update