Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी खेलकुद विकास समितिको अध्यक्षमा रेसम क्षेत्री

रुकुम पश्चिमको चौरजहारी नगर खेलकुद विकास समितिको अध्यक्षमा रेसम क्षेत्री नियुक्त हुनुभएको छ । आज बसेको चौरजहारी नगर कार्यपालिका बैठकले रेसम क्षेत्रीलाई अध्यक्षमा नियुक्त गर्दै सदस्यहरू समेत मनोनीत गरेको छ । 

क्षेत्री अध्यक्ष रहेको चौरजहारी नगर खेलकुद विकास समितिको सदस्यहरूमा रुपेस गिरी, विवश शर्मा, गोविन्द महर, रेसम केसी, अर्जुन सुनार, खडक बिक, कमल सुनार, धिरज मल्ल, जेनिश मल्ल, गोपाल बटाला, अमर बिक र प्रकाश आचार्य रहनुभएको छ । 

त्यस्तै सचिन बिक, गोरख बिक, तिलक बोहरा, कामना बुढाथोकी, गीता ओली, गणेश सुनार र

प्रदीप राना पनि सदस्यमा मनोनीत हुनुभएको छ । नगरको समग्र खेलकुद विकासका लागि काम गर्ने गरी नगर खेलकुद विकास समिति गठन गरिएको चौरजहारी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update