Top Navigation
शनिबार, माघ २१, २०७९ ११:४३:३१
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:४३:३१
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • Home
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   एक जनाले खर्च विवरण बुझाउन बाँकी ।
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, पुस ५, २०७९
माया बेकरी माया बेकरी
प्रतिनिधि र प्रदेश सभा सदस्य उम्मेदवारहरू ।

रुकुम पूर्वबाट मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव लडेका मध्ये १७ जना उम्मेदवारले चुनाव खर्च विवरण बुझाएका छन् । जिल्लामा १८ जना उम्मेदवार रहेकामा १७ जनाले कार्यालयमा निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ । 

जिल्लामा ६ जना प्रतिनिधि सभा सदस्य र १२ जना प्रदेश सभा सदस्यका लागि चुनाव लडेका थिए । अव प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार दुतकुमार पनुले मात्र चुनाव खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार
  • रुकुम पूर्वमा चुनाव खर्चः तेजबहादुरको झण्डै १९ लाख, धनबहादुरको १३ लाख

जिल्ला निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरण अनुसार प्रतिनिधि सभामा विजयी नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको खर्च २१ लाख ३९ हजार ६ सय ९ रुपैंया देखिएको छ । प्रतिनिधि सभाका अन्य उम्मेदवार मध्ये नेकपा एमालेका कैलाशकुमार मल्लको खर्च ३ लाख ८६ हजार ५ सय ८५ र राप्रपाका खिमबहादुर खत्रीको खर्च १ लाख २५ हजार ४० रहेको छ । 

त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका रतनबहादुर बढाको खर्च ९६ हजार ४ सय १०, नेश्नलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाको २ लाख ४६ हजार ४० र स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रिले १ लाख ४६ हजार खर्च गर्नुभएको छ । प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नम्बर १ मा विजयी स्वतन्त्र उम्मेदवार सुरुल पुनले ५ लाख १० हजार १ सय २५ रुपैंया खर्च गर्नुभएको छ । 

अन्य उम्मेदवार मध्ये नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीले १८ लाख ९५ हजार ७ सय १५, नेकपा एमालेका तेजेन्द्र बुढा मगरले ५ हजार र मंगोल नेशनल अर्गनाइजेशनका पुरा पुनले ८५ हजार ६५ रुपैंया खर्च भएको विवरण कार्यालयमा बुझाएको जिल्ला निर्वाचन अधिकारी ओलीले बताउनुभयो । उहाँका अनुसार प्रदेश सभा २ मा निर्वाचित नेपाली कांग्रेसका धनबहादुर केसीको चुनाव खर्च १३ लाख २ हजार ५ सय २७ देखिएको छ । 

मुसिकाेट नगरपालिका
सम्बन्धित समाचार
  • जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 

यो क्षेत्रमा चुनाव लडेका अन्य उम्मेदवारहरु मध्ये नेकपा एमालेका भावना बिसीको खर्च ३ लाख ६० हजार ४५, राप्रपाका केशवचन्द्र समालको खर्च ८४ हजार ४ सय, मंगोल नेशनल अर्गनाइजेशनका लेखन बुढाको खर्च ७९ हजार ८ सय ३५, स्वतन्त्र उम्मेदवारहरु केशव रावलको खर्च ५ लाख ६६ हजार ५ सय, नरहरि खड्काको खर्च १२ लाख ५० हजार ६ सय ९० र पूर्णजंग सिंहको खर्च ५ हजार रहेको विवरण जिल्ला निर्वाचन कार्यालयमा प्राप्त भएको छ । 

जिल्लाका लागि निर्वाचन आयोगले प्रतिनिधि सभा तर्फ बढीमा २७ लाख र प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नम्बर १ मा १९ लाख तथा निर्वाचन क्षेत्र नम्बर २ मा बढीमा १७ लाख रुपैंयासम्म खर्च गर्न पाउने गरी सिमा तोकेको थियो । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र उम्मेदवारहरुले निर्वाचन खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।


प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १३:१९
चाैरजहारी चाैरजहारी
#निर्वाचन खर्च विवरण #निर्वाचन खर्च #रूकुम पूर्व
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्