Kakhara सबैको खबर सम्पूर्ण खबर
रेबिज लागेर एक जनाको मृत्यु
फाइल फाेटाे ।

रेबिज लागेर चितवनकाे इच्छाकामना गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । उनकाे भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । 

केही महिनाअघि उहाँलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उहाँ उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना हुनुभएको थियो ।  
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update