Kakhara सबैको खबर सम्पूर्ण खबर
वाइसीयल रुकुम पश्चिमको अध्यक्षमा एल.बि. कटुवाल

नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन याेङ्ग कम्युनिस्ट लिग वाइसीयल रुकुम पश्चिमको अध्यक्षमा लालबहादुर (एल.बि.) कटुवाल अध्यक्षमा निर्वाचित हुनुभएको छ । बिहीबार मुसिकोटमा भएको पाँचौँ जिल्ला सम्मेलनबाट एल.बि को अध्यक्षतामा सर्वसम्मत नयाँ जिल्ला समिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा शेरु बिक, रमेश गिरी र शिव परियार, सचिवमा सन्देश बिक, सहसचिवमा अजय चदारा, गणेशकुमार चन्द, नितु खडका र रमेशकुमार आग्री तथा कोषाध्यक्षमा सन्तोष बिक निर्वाचित हुनुभएको छ । एउटा सहसचिव भने पछि टुंगाे लगाउने बताइएको छ ।

FB_IMG_1746723179263-1746723186.jpg
मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँस्थित सहिद प्रतिष्ठानको हलमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले सोमबार नै सम्मेलन उद्घाटन गर्नुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update