
नेकपा माओवादी केन्द्रको सहायक संगठन योग्ङ कम्युनिष्ट लिग वाइसीयल नेपाल रुकुम पश्चिमको पाँचौँ जिल्ला सम्मेलन मुसिकोटमा सुरु भएको छ । सम्मेलनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नुभएको हो ।
सम्मेलनमा जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधि, प्रवेक्षक तथा अन्य युवाहरुको सहभागीता रहेको छ । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आजै सकिने छ । अहिले सम्मेलन उद्घाटन समारोह चलिरहेको छ । यसपछि बन्द सत्र सुरु हुने छ ।
वाइसीयलका जिल्ला संयोजक गोविन्द ओलीको अध्यक्षतामा जारी उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख र पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार शर्मा कुशलको विशेष आतिथ्यता रहेको छ ।
वाइसीयलका केन्द्रीय सचिव शैलेशकुमार शर्मा, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज टक्कबहादुर शाही, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिन, पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य देविलाल गौतम लगायतको पनि आतिथ्यता रहेको छ ।
वाइसीयल नेपाल रुकुम पश्चिमका जिल्ला सहसंयोजक दलजित नेपालीकाे स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन लालबहादुर बिष्टले गरिरहनुभएको छ । उद्घाटन पूर्व मुसिकोटमा र्याली निकालिएको थियो । खलंगाको बराहटाकुराबाट सुरु भएको र्याली खलंगा बजार, बागबजार हुँदै शेरिगाउँस्थित सहिद प्रतिष्ठानमा पुगेको थियो ।
र्यालीमा ६ वटै पालिकाका युवा तथा पार्टीका नेताहरु सहभागी भएकामा बन्दसत्रमा भने करिब २ सय प्रतिनिधि सहभागी हुने वाइसीयल नेपाल रुकुम पश्चिमले जनाएको छ ।