Kakhara सबैको खबर सम्पूर्ण खबर
२५ वर्षपछि मैकाेट पुग्ने सपना पूरा भयाे: प्रचण्ड
प्रचण्ड ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पटक पटक मैकाेट पुग्ने याेजनामा रहेपनि विभिन्न कारणले पुग्न नसकेकाे बताउनुभएकाे छ । पार्टीकाे तीन महिने विशेष रूपान्तरण अभियान अन्तर्गत रूकुम पूर्वकाे मैकाेट पुग्नुभएकाे प्रचण्डले आफ्नाे मैकाेट पुग्ने सपना लामाे समयपछि पूरा भएकाे बताउनुभयाे । पार्टीकाे जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै २५ वर्षपछि मैकाेट पुग्ने सपना पूरा भएकाे उहाँकाे भनाई छ । 

पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै उहाँले अब पार्टीले आन्दाेलनकै रूपमा समाजवादी क्रान्ति सुरू गर्ने बताउनुभयाे । `हिजाे ठुलाे आन्दाेलनका रूपमा जनयुद्ध सञ्चालन गर्याैं, अब साेही स्प्रिटमा समाजवादी क्रान्ति गर्छाैं, यसमा तपाईं सबै एकजुट भएर लाग्नुहाेस उहाँले भन्नुभयाे ।´ अत्याचार, दमन र विभेदका विरूद्घ युद्ध लडेकाे स्मरण गर्दै प्रचण्डले अब विकास र समृद्धिका लागि क्रान्ति हुजे उहाँकाे भनाई छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update