Kakhara सबैको खबर सम्पूर्ण खबर
टी-२० विश्वकप: वर्षा बाधक बन्दा नेपाल र श्रीलङ्काले अङ्क बाँडे

आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।

मंगलबार रातिदेखि लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकेर खेल रद्द भएको हो । नेपाल र श्रीलंकाका दुवै खेलाडीले समर्थकलाई धन्यवाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थिति थियो ।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजर्भ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुवै टोलीले एक/एक अंक बाँडेका हुन् ।

जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्ये २१ खेलको नतिजा आएको थियो ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update