नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गोपाल शर्माले जिल्लास्थित क्रियाशिल पत्रकारसँग भेटघाट गर्नुभएको छ । आज नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शर्माले मुसिकोट नगरपालिका ५ सेरिगाउँमा जिल्लास्थित क्रियाशिल पत्रकारसँग भेटघाट गर्नुभएको हो । भेटघाटका क्रममा शर्माले निर्वाचनमा पत्रकारले पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो भने पत्रकारहरुबाट सल्लाह सुझाव समेत लिनुभएको थियो ।
‘‘निर्वाचनको समयमा सवैले आआफ्नो ठाउँबाट सहयोग गर्नुभयो र निर्वाचनमा हामी विजयी भयौं,अव भने रुकुमेली जनताको अपेक्षा अनुसार काम गर्ने हो नव निर्वाचित प्रतिनिधि सभा सदस्य शर्माले भन्नुभयो ।’’ काम गर्दै जादा गल्ती कमजोरी भएमा पत्रकारहरुले खबरदारी गरी सचेत बनाउनुपर्ने समेत उहाँको भनाई थियो । आफु निर्वाचन सम्पन्न नहुन्जेल नेकपाको तर्फबाट उम्मेदार भएपनि अव भने रुकुमेली जनताको साझा प्रतिनिधि भएकाले सोही अनुसार काम गर्ने उहाँको भनाई थियो ।
चुनावी प्रतिस्पर्धामा हार जित भएपनि जिल्लाको समग्र विकासको लागि सवै राजनितिक दल एक ठाउँमा भएर काम गर्नुपर्ने पत्रकारहरुले सुझाव दिएका थिए । त्यस्तै संसदमा शसक्त भएर कानुन निर्माणमा भुमिका खेल्न, रुकुमेली जतताको आवाज सशक्त रुपमा उठाउन, अपुरा रहेका विकास निर्माणलाई पुरा गर्न लागायतका सुझाव पत्रकाहरुले दिएका थिए ।
पत्रकार भेटघाट कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शर्मा, नेकपाका कर्णाली प्रदेश अध्यक्ष विमला केसी, केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज बसन्तकुमार शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन लगायतको उपस्थिति रहेकोे थियो ।





-1759842583.jpg)