Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम कप भलिबलः तेस्रो संस्करणको तयारी तीव्र, विदेशी  खेलाडी पनि आउने
गत सालमा भएको प्रतियोगिताको तस्विर ।

कर्णाली प्रदेशकै ठुलो भलिबल प्रतियोगिता रुकुम कप भलिबलको तेस्रो संस्करण यही जेठ १८ गते देखि हुने भएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हरेक वर्ष हुने प्रतियोगिताको तेस्रो संस्करण यो वर्ष जेठ १८ गते देखि २५ गतेसम्म जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा सञ्चालन हुने भएको हो ।

यस विषयमा आज मुसिकोट खलंगामा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी बनाएको हो । प्रतितयोगिताको तयारी तिव्र पारिएको रुकुम भलिवल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विदेशी खेलाडी ल्याउने समेत तयारी गरिएको छ ।

प्रतियोगिता यो वर्ष पुरुष तर्फ खुला पालिका स्तरीय र महिला तर्फ खुला हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका सचिव भिमराज ओलीले पत्रकार सम्मेलन मार्फत जानकारी बनाउनुभएको हो । उहाँका अनुसार पुरुष भलिबलको विजेताले ५ लाख ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

उप विजेताले २ लाख ९१ हजार पाउँदा तेस्रोले १ लाख ५१ हजार र सान्त्वना हुने टिमले १ लाख ११ हजार पुरस्कार पाउने बुढाले बताउनुभयो । कप, मेडल र प्रमाणपत्र समेत रहने छ । 

banner-2082-copy-1745139972-1747575933.jpg

विधागत तर्फ व्यक्तिगत रूपमा पनि खेलाडी पुरस्कृत गरिने उहाँले बताउनुभयो । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद सहित पुरस्कृत गरिने छ भने वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचलाई समान ५ हजार पुरस्कार प्रदान गरिने सचिव ओलीले जानकारी गराउनुभयो । 

पुरुष तर्फ नेपाल भरीका पालिकाले सहभागिता जनाउन पाउने छन् भने अनिवार्य रूपमा तीन जना खेलाडी पालिका बाहिरका राख्नुपर्ने उहाँको भनाई छ । पालिका बाहिरका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समेत राख्न सकिने छ । त्यस्तै महिला तर्फको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले ७५ हजार पुरस्कार पाउँदा तेस्रो हुनेले ५० हजार सान्त्वना टिमले २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ ।

विधागतमा महिला तर्फ पनि व्यक्तिगत रूपमा पनि खेलाडी पुरस्कृत गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचलाई समान ५ हजार पुरस्कार प्रदान गरिने सचिव ओलील जानकारी दिनुभयो बताउनुभयो । 

यो प्रतियोगिता कर्णाली प्रदेशकै ठुलो रहेको उहाँले बताउनुभयो । प्रतियोगिताका लागि करिब ३१ लाख खर्च लाग्ने अनुमान गरिएको छ । जिल्लाको भलिबल विकास गरी रुकुमलाई खेलकुदको हबका रूपमा विकास गर्नुका साथै खेल पर्यटनको विकासका लागि रुकुम कप भलिबलको परिकल्पना गरिएको हो ।  

प्रतियोगिताको मिडिया पार्टनरमा कखरा डट कम रहेको छ । प्रतियोगिताका सबै खेल कखरा डट कमको युट्युब, फेसबुक लगायतका प्लेटफर्ममा हेर्न सकिने छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update