Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाको १३ औं गाउँसभा सुरु
सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै गाउँपालिका अध्यक्ष केसी ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको १३ औं गाउँसभा सुरु भएको छ । सोमबार गाउँपालिकाको सभाहल खारानेटामा १३ औं गाउँसभा सुरु भएको हो । गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको सभाध्यक्ष भएको गाउँसभामा जिल्ला समन्वय उप प्रमुख देवबहादुर विकको प्रमुख आतिथ्यता रहेको छ । त्यस्तै भुमी आयोग रुकुम पश्चिमका पुर्व अध्यक्ष मिनबहादुर ओली, पुर्व जिल्ला समन्वय समिति सदस्य टेकबहादुर ओली, पुर्व गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पालिकामा कार्यरत कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको छ ।

सभा सचिव त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले संचालन गरेको कार्यक्रममा अहिले सभाध्यक्ष गनेशकुमार केसीले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिरहनु भएको छ । भोलि पालिकाले आगामी वर्षको बजेट ल्याउने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update