
रुकुम पश्चिमको बाँफिकोटको गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको सहजीकरण र बाँफिकोट गाउँपालिकाको आर्थिक सहयोगमा प्रेस सेन्टर नेपाल बाँफिकोटले तालिमको आयोजना गरेको हो ।
तालिमको बाँफिकाेट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखक खड्काले ब्यानर पढेर उद्घाटन गर्नुभयो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपाल रेग्मी, सचिव दीपेन्द्र महतारा र कोषाध्यक्ष सन्देश जैसीले गर्नुभएको थियो ।
प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सचिव दीपेन्द्र महताराको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखक खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मी, पत्रकार महासंघका कोषाध्यक्ष सन्देश जैसी, प्रेस युनियनका जिल्ला कोषाध्यक्ष रतन शाही, तरुण दल बाँफिकोटका सभापति विकास अधिकारी लगायतको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सहसचिव प्रचण्ड खत्रीले गर्नुभएको थियो । तालिममा बाँफिकाेटका सबै वडाबाट २५ जना बढीकाे सहभागिता रहेको छ । सहभागीहरूलाई समाचार लेखन, उद्घोषण लगायत आधारभूत पत्रकारिताका विभिन्न विषयमा सिकाइने बताइएको छ ।