
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ मा रहेको एकता समाज यूवा क्लवले वृक्षारोपन गरेको छ । वडाको विभिन्न ठाउँमा धान दिवसको अवसरमा आइवार क्लवले ४ सय बढी विरुवा रोपेको हो । साविक चौखाबाङ गाविसका वडा नम्बर १ र २ का १ सय ३ घरपरिवारले एक घर दुई विरुवा रोपेका छन् । त्यसै जन शिक्षा आधारभूत विद्यालयमा ५९, बलचौर खेलमैदानमा ४० र कानेगारे काकर्शिम वनमा १ सय बिरुवा रोपिएको क्लवका अध्यक्ष दुर्गाप्रसाद विकले जानकारी दिनुयभो ।
उहाँका अनुसार चिउरी, मयुरपंकी, खोटे सल्लो, बेलपत्र, लप्सी, बाँस, कदम, वीरेन्द्र फूल, छत्तीबन रिठ्ठा लगायतका विरुवा रोपिएको छ । विरुवाको व्यवस्थापन डिभिजन वन कार्यालयले गरेको हो भने सहजिकरण एकता युवा समाज क्लवले गरेको हो । वृक्षारोपण कार्यक्रमा जनप्रतिनिधि ,शिक्षक कर्मचारी क्लबका सदस्य तथा पदाधिकारी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।