Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पूर्वका तीन ठाउँमा २२ रोपनी क्षेत्रफलमा उम्रिएकाे गाँजा नष्ट
फाइल फाेटाे ।

रुकुम पूर्वका विभिन्न ठाउँमा लगाइएको अवैध लागू औषध गाँजा खेती नष्ट गरिएको छ । जिल्लाका तीन ठाउँमा गरी २२ रोपनी क्षेत्रफलमा आफै उम्रिएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

आज बिहान ०७:३० बजेतिर इलाका प्रहरी कार्यालय काँक्री र प्रहरी चौकी लुकुमबाट खटिएको १० जनाको प्रहरी टोलीले भूमे गाउँपालिका वडा नम्बर १ लामाक्याङ, पन्चासे, रिगुङ भन्ने ठाउँमा १८ रोपनी  जग्गामा अवैध रूपमा आफै उम्रेको लागु औषध गाँजाका बोट फेला पारि फडानी तथा नष्ट गरेको  हो ।

त्यस्तै अस्थायी प्रहरी पोस्ट कोलबाट आजै खटिएको प्रहरी टोलीले पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ क्युबाङमा २ रोपनी खाली जग्गामा आफै उम्रेको गाँजाका बोट फेला पारि फडानी तथा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएकाे छ ।

आजै इलाका प्रहरी कार्यालय तकसेराबाट खटिएको टोलीले पनि गाँजा फडानी गरेको छ ।

५ जनाको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा जिल्ला  पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १३ बिर्गुङमा २ रोपनी खाली जग्गामा आफै उम्रेको गाँजाका बोट फेला पारि फडानी तथा नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update