
रुकुम पश्चिमका एक व्यक्ति भेरी नदीमा बगेर बेपत्ता भएका छन् । जिल्लाको चौरजहारी नगरपालिका ८ गाेइरीका ३२ वर्षीय वीरबहादुर घर्ती नदीमा बगेर बेपत्ता भएको बताइएको छ । घर्ती वडा नम्बर ८ स्थित भेरी नदीमा बगेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार माछा मार्न गएका घर्ती बेपत्ता भएका हुन् । उनको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २९, २०८२ १७:१०
प्रतिक्रिया दिनुहोस्