Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा साबिक जिल्ला स्तरीय पुरुष एकल ब्याडमिन्टन प्रतियोगिता हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा साबिक जिल्ला स्तरीय पुरुष एकल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । रेड सञ्चार मिडिया प्राल एन्ड बहुउद्देश्यीय टेक्नोलोजी प्रालीको आयोजनामा असार ३२ र साउन १ गते मुसिकोट खलङ्गास्थित बराहटाकुरा मिनी कवर्ड हलमा प्रतियोगिता हुने भएको हो । 

प्रतियोगिताको विजेताले नगद १० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप विजेताले नगद ७ हजार कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक रेड सञ्चार मिडिया प्राल एन्ड बहुउद्देश्यीय टेक्नोलोजी प्रालीका विशाल विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतियोगितामा सान्त्वना हुने दुई जना खेलाडीले समान २ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । जिल्लामा तुलनात्मक रूपमा डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना भइरहेको अवस्थामा एकल प्रतियोगिता आयोजना गरिएको हो । 

ब्याडमिन्टन खेलको विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विष्टले बताउनुभयो । 

badminton-1752495247.jpg

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update