Kakhara सबैको खबर सम्पूर्ण खबर
आठविसकोटबाट हेलिकप्टर मार्फत आमा र नवजात शिशुको उद्धार गरी सुर्खेत पठाईयो ।
फाइल फाेटाे ।

रुकुम जिल्लाको आठबिसकोट नगरपालिकामा  वडा नम्बर ४ गोताकोटबाट नवजात शिशुसहित आमाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । आज विहान  वडा नम्बर ४ गोतामकोटकी २२ वर्षिया अर्चना विक र उहाँको बच्चालाई हेलिकप्टर मार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाएको हो । सोमबार बिहान जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारको लागि नेपाली सेनाकाे हेलिकप्टर मार्फत सुर्खेत पठाएको आठविसकोट  नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । नगर अस्पतालमा उपचार सम्भव नभएपछि आमा र बच्चालाई ‍‍ थप उपचारकाे लागि  सुर्खेत पठाइएको हो ।

नगरपालिकाको  सिफारिसमा जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरर्गत नेपाली सेनाको हेलिकप्टमा आमा बच्चाको उद्धार गरिएको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update