
रुकुम पश्चिमको मुसिकोटमा सञ्चालित साबिक रुकुम खुला पुरुष एकल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । रेड सञ्चार मिडिया एन्ड बहुउद्देश्यीय टेक्नोलोजी प्रा.ली.ले आयोजना गरेको प्रतियोगितामा शिखर केसी प्रथम भएका छन् ।
त्यस्तै विशाल विष्ट दोस्रो हुँदा महेन्द्र शाही र मिथुन सिंह सान्त्वना भए । प्रतियोगितामा रोहित ओली र गोपाल केसी उदीयमान खेलाडी बनेका छन् । प्रतियोगिताको प्रथमले नगद १० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा द्वितीयले नगद ७ हजार कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक रेड सञ्चार मिडिया एन्ड बहुउद्देश्यीय टेक्नोलोजी प्रालीका विशाल विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा सान्त्वना हुने दुई जना खेलाडीले समान २ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उदीयमान खेलाडीले समान ५ सय रुपैयाँ पाएका छन् । प्रतियोगितामा १९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष अनिल बुढा, जिल्ला प्रहरी प्रमुख प्रमेश विष्ट लगायतको आतिथ्यता रहेको थियो ।