Kakhara सबैको खबर सम्पूर्ण खबर
एक आर्थिक वर्ष: रुकुम पश्चिममा झण्डै १६ किलो लागू औ‌षध अफिम बरामद, अन्य केके बरामद गरियो ? 
फाइल फाेटाे ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले वितेको आर्थिक वर्षमा झण्डै १६ किलो लागू औषध अफिम बरामद गरिएको छ । जिल्लाको विभिन्न ठाउँबाट गत वर्षकाे साउन १ गतेदेखि असारमसान्तसम्म १५ किलो ७ सय १३ ग्राम अफिम बरामद गरिएको हो । वितेको आर्थिक वर्षमा लागू औषध कारोबारका ११ वटा मुद्धा दर्ता भएकामा २४ जनालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती पक्राउ गरिएकाहरु अफिम, गाँजा, चरेश, ब्राउनसुगर र ट्याब्लेट कारोबारमा संलग्न व्यक्तिहरु हुन् । त्यस्तै वितेको आर्थिक वर्षमा गाँजा  ५ सय गा्रम, चरेश ५ ग्राम, ब्राउनसुगर ३ सय ५० ग्राम र ट्याब्लेट ४ हजार ९ सय ६२ वटा बरामद गरिएको हो । पक्राउ परेका केही धरौटीमा छुटेको र  प्रत्यक्ष संलग्नतामा रहेका व्यक्तिहरु भने पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी प्रमुख डिएपी विष्टले जानकारी दिनुभयो ।

यसै विच वितेको आर्थिक वर्षमा जिल्लाको विभिन्न स्थानमा  २ सय ६०  रोपनीमा लगाएको अफिम खेती नष्ट गरिएको छ 
 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update