
रुकुम पश्चिममा वितेको आर्थिक वर्ष २०८१/०८२ मा १० हजार बढी विरुवा रोपिएको छ । डिभिजन वन कार्यालयको सहयोगमा जिल्लाका विभिन्न सामुदायिक वनमा १० हजार बढी विरुवा रोपिएको हो । वितेको आर्थिक वर्षमा निशुल्क रुपमा जिल्लाका १४ वटा सामुदायिक वनका समितिहरुलाई १० हजार बढी विरुवा उपलब्ध बनाएको डिभिजन वन कार्यालयका प्रमुख दिनेशजङ खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती सवै विरुवा सामुदायिक वन उपभोक्ता समितिहरुले सामुदायिक वनमा रोपिसकेका छन् । सामुदायिक वनमा धुपी सल्लो, विरेन्द्रफुल, कलकी, छत्तिवन, टुनी, बास लगायतका विरुवा रोपिएको हो । त्यस्तै २ हजार बढी विरुवा मुसिकोट नगरपालिका १ सल्लेमा रहेको चण्डीदल गण आर्मी ब्यारेकमा पनि रोपीएको ।अव केही रोप्न बाँकी विरुवा बाँफिकोट सव डिभिजन कार्यालय छिनखेत र मुसिकोट सव डिभिजन कार्यालय चाँपामा रहेका छन् । सामुदायिक वनलाई हराभरा बनाउने र सामुदायिक वनबाटै आर्थिक अवस्था बलियो बनाउने उद्देश्यले वृक्षारोपणलाई जोड दिएको डिभिजन वन कार्यालयका प्रमुख खत्रीले जानकारी दिनुभयो ।